बागलुङ:  बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरभित्रका मुख्य सडकलाई आठ मिटर चाक्लो बनाउन मापदण्ड विपरीतका संरचना हटाउनुपरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ वडा नं २ को शिवधारा चोकबाट मापदण्ड विपरीतका संरचना हटाउन शुरु गरिएको हो । सडकलाई मापदण्डमा ल्याइएपछि आवश्यकतानुसार कालोपत्रे तथा ढलान गरिने नगरपालिकाले जनाएको छ । मापदण्ड विपरीत बनेका घरका पेटी र अन्य संरचना हटाउन स्थानीयवासीसँगको समन्वयमा काम अघि बढेको हो। सडक विस्तार अभियानमा नगरवासीको कुनै अवरोध नरहेको नगरपालिकाको भनाइ छ ।

शिवधाराचोकदेखि वडा नं २ कै क्याम्पस चोकसम्मको सडक विस्तार र सुधारको काम रु ३४ लाखको लागतमा गर्न लागिएको छ ।


। सदरमुकामभित्रका अन्य सडकलाई पनि विस्तार गर्ने योजनामा नगरपालिका छ । “नक्सा स्वीकृतिमा भन्दा बढी जग्गा मिचेर बनेका संरचना हट्छन्,” नगरप्रमुख पौडेलले भन्नुभयो, “अर्को वर्षसम्म नगरका सबै सडक र चोक फराकिला बनाउँछौँ ।” शुरुमा सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उहाँको भनाइ छ ।