भारत र माल्दिभ्स बीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको कटौती गरी अघोषित नाकाबन्दी गरेको छ।
माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि दुई राष्ट्र बीचको सम्बन्धमा केही वर्ष यता तिक्तता बढेको छ।
भारतको डिरेक्टोरेट जनरल अफ फरेन ट्रेड (डिजिएफटी) ले माल्दिभ्स निर्यात गर्दै आएको खाध्यान्न निर्यातमा आधाभन्दा बढी परिमाण कटौती गरेको गरेको हो
माल्दिभ्स चीनतर्फ ढल्किएपछि भारतले खाद्य सामग्री निर्यातमा कटौती गर्न थालेको हो ।
चीनले माल्दिभ्सको पयर्टन र भौतिक संरचनाका क्षेत्रमा उल्लेख्य लगानी गरिरहेको  छ ।