काठमाडौंः सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ रुपनी बजारका राजेश यादवकी २४ वर्षीया श्रीमती रमिला रहेकी छिन् ।
उनको परिवारका अनुसार घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका–१ खोक्सरस्थित आफ्नो खेतबाट फर्कँदै गरेकी उनलाई मंगलबार दिउँसो माहुरीले टोकेको हो ।
उनको मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले टोकेका थिए । माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।
मृतक महिला ६ महिनाकी गर्भवती थिइन् ।
। उनको ५ वर्षका एउटा छोरासमेत छन् ।
प्रकाशित मितिः २०७७ साल मंसिर १७ बुधबार, १२:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook