काठमाडौंः मिर्गाैला रोगको डायलाइसिस उपचार निःशुल्क गरी बर्सेनी करोडौं रुपैयाँ खर्च गरे पनि त्यसको सदुपयोगमा आशंका उत्पन्न भएको समाचार आजको नागरिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, उपचार निर्देशिका नभएका कारण सुचीकृत अस्पतालले रोगीको उपचारबापत सरकारसँग शोधभर्ना लिँदा रकममा अनियमितता गरेको आरोप लाग्न थालेको छ ।

देशभरका मिर्गाैला मिर्गाैला रोगीको संस्था मिर्गाैला पीडित सरोकार समाज नेपालले निःशुल्क उपचारका लागि सरकारले करोडौं रुपैयाँ लगानी गरे पनि उपचार विधि र गुणस्तरसम्बन्धी मापदण्ड नहुँदा तथा अनुगमन अभावमा अस्पतालले मनोमानी गरिरहेको जनाएको छ ।


मिर्गाैलाजस्तो असाध्य रोगको उपचारमा समेत सेवाभन्दा नाफाको खोजी हुने गरेको समाजको भनाइ छ ।

 


प्रकाशित मितिः बुधबार, असोज १५, ०६:३०