काठमाडौंः मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र भाञ्जी समीक्षा संग्रौलालाई पोस्ट अपको आईसीयुमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पताल उच्च स्रोतका अनुसार उनीहरुलाई केहीबेरअघि अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा सारिएको हो ।

प्रधानमन्त्री ओलीले आज बिहान १० बजेदेखि अप्रेशन सुरु गरिएकोमा करिब ३ बजेतिर अप्रेशन सकिएको स्रोतको भनाइ छ । त्यसक्रममा समीक्षाले दिएको मिर्गौलालाई चिकित्सकहरुले सफलतापूर्वक प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गर्न सफल भएका हुन् ।

अब प्रधानमन्त्री ओली डिस्चार्ज नहुन्जेललाई यहीँ रहनेछन् ।


यसैबीच प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणबारे आधिकारिक जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलनको आयोजना हुँदैछ ।


प्रकाशित मितिः बुधबार, फागुन २१, १६:०१