काठमाडौंः मलेशियाको क्वालालाम्पुरमा शनिबार सम्पन्न मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड २०२० को उपाधि नेपाली चेली शिलास्मा हमाल मल्लले जितेकी छन् ।

२० देशका प्रतिस्पर्धीलाई पन्छाउँदै शिलास्माले उपाधि जितेकी हुन् ।

विभिन्न चरणपछि फाइनलमा पुगेकी शिलास्माले अन्ततः उत्कृष्ट हुँदै वर्ल्ड तर्फको शीर्ष उपाधि र ताज जितेकी छिन् ।

नेपालबाट प्रतियोगिताको लागि मोडल तथा मिसेस टुरिजम एम्बेस्डर २०२० विजेता शिलास्मा हमाल मल्लले प्रतिनिधित्व गरेकी थिईन् ।

एशिया, युरोप, अफ्रिका लगायतका महादेशका २१ जना महिलाहरुबीच भएको प्रतिस्पर्धामा युनिभर्स तर्फको ताज भने मलेशियाले जितेको छ ।



प्रकाशित मितिः आइतबार, पुस २०, ११:२०