काठमाडौंः एस.के. इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको मिसेस तामाङ–२०२० को उपाधि आकृति तामाङले जितेकी छन् ।

उनले उपाधिसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन् ।

त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए ।

बिगत ३ बर्षदेखि एस.के.इन्टरटेनमेन्ट प्रा.लि.ले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाईबा तामाङ,रोशन तामाङ, बिरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा सांसद प्रभात तामाङ रहेका थिए ।


प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०, २५, १५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए ।

तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एबम रहन–सहनलाई उजागर गर्दै विवाहित गृहिणीरव्यवसायिक तामाङ महिला दिदि(बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको मिसेस तामाङ समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य हो ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस १६ गते बिहीबार, १९:४२