काठमाडौंः मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरीले जितेकी छिन् । जमैकाकी टोनी एन सिंले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी हुन् ।

शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरुलाई पछि पार्दै मिस वर्ल्डको उपाधि हात पारेकी हुन् ।

मिस वर्ल्ड २०१८ भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् ।

दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गरिन् ।

नेपालकी मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितिन् ।



प्रकाशित मितिः आइतबार, मंसिर २९, ०८:३९