मुस्ताङः मुक्तिनाथको मूल मन्दिरमा पर्यटकलार्इ फोटो र भिडियो खिच्न रोक लगाइएको छ । आजसम्म कुनै पनि दर्शक, पर्यटक लगायत कसैले पनि मुख्य मन्दिरमा फोटो खिच्न पाउँदैनन् तर आज भारतीय टेलिभिजनका पत्रकारलार्इ खुलेआम फोटो, भिडियो खिचेका छन् ।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनका क्रममा पुगेका भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिर अर्थात निशेष गरिएको क्षेत्रमा समेत फोटो र भिडियो खिचेका छन् ।
नेपाली मिडियालाई रोक लगाउने तर भारतीय मिडियालाई सहज रुपमा खिच्न दिइएको भन्दै नेपाली पत्रकारहरुले आलोचना गरेका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङले भत्सर्ना गरेको छ ।
। नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले नेपाली पत्रकारहरूमाथि मुक्तिनाथमा विभेद गरिएको तर भारतीय पत्रकारद्वारा निषेधित क्षेत्रमा यसरी विभेद गरिएकोमा आपत्ति प्रकट गरेका छन् ।
रिपोर्टिङका लागि त्यहाँ पुगेका नेपाली पत्रकारहरुलार्इ मन्दिरको उत्तरपुर्बमा रहेको पुरानो कच्की घरको बार्दलीमा राखेर मूल स्थानमा जान दिइएन । जबकि भारतीय पत्रकारलार्इ खुलेआम छोडिएको थियो ।
प्रदेश नम्बर चारका मुख्यमुन्त्रीले जनाए असन्तुष्टि
नेपाली मिडियामाथी रोक लगाइएकोप्रति प्रदेश नम्बर चारका मुख्यमुन्त्री पृथ्वीसुव्वा गुरुङले असन्तुष्टि जनाएका छन्।
उनले भारतीय सञ्चार माध्यमले निषेधित क्षेत्रबाट प्रत्यक्ष प्रशारण गरेकोमा पनि असन्तुष्टि जनाएका छन्। उनले नेपाली सञ्चार माध्यम र भारतीय सञ्चार माध्यमबीच विभेद् गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook