काठमाडौंः मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल सर्वसम्मत चयन भएका छन् ।

सोमबार बसेको बैंकको साधारण सभाले ढकाललाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

पोखरामा सोमबार वैंकको वार्षिक साधारणसभा भएको थियो । साधारणसभाले ढकाल लगायत ५ जनालाई नयाँ संचालकको रुपमा सर्वसम्मत चयन गरेको हो ।

साधारणसभा सकिएलगत्तै बसेको संचालक समितिको बैठकमा ढकाल सर्वसम्मत बैंकको अध्यक्ष चुनिएका हुन् ।

देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए ।


ढकाल सीइओ हुँदा बैंकका डेपुटी सीइओको रुपमा भित्रिएका प्रद्युमन पोखरेल अहिले सीइओको रुपमा रहेका छन् ।


प्रकाशित मितिः मंगलबार ०१ पौष, ०८:१८