हेटौंडाः प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई टेलिफोनमा गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको तावी गाउँपालिका–३ का पुष्पराज पाण्डे रहेको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले जनाएको छ ।

मुख्यमन्त्री पौडेललाई मादक पदार्थ सेवन गरी टेलिफोनमार्फत गाली गरेको भन्दै अपराध महाशाखाले पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।


प्रकाशित मितिः मंगलबार, पुस १५, १२:४८