काठमाडौंः कोरोना संक्रमणपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

उनलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

उनलाई बिहीबार कोरोना संक्रमण देखिएको थियो । प्रेस संयोजक दाहालका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १५:४९