काठमाडौंः प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले शुक्रबार टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा टेम्पो चालक सिराहाको कल्याणपुर नगरपालिलका–१२ बस्ने ४० वर्षीय जयप्रकाश साह रहेका छन् ।

सिराहा–चोहर्वा सडकखण्डअन्तर्गत सिराहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२–००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई ठक्कर दिँदा गम्भीर घाइते भएका टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, ०९:४७