काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना परीक्षणका लागि बुधबार स्वाब दिएका उनमा बिहीबार कोरोना पुष्टि भएको हो ।

मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत संक्रमण पुष्टि भएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

पछिल्लो केही दिनदेखि सामान्य रुघाखोकीपछि मुख्यमन्त्री पौडेल होम आइसोलेसनमा रहेका थिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १९:५५