जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिमाथि प्रदेशसभा बैठकमा सत्तापक्ष र विपक्षीबीच जुहारी चलेको छ।

दुई घन्टा चलेको बैठक अवधिमा सत्तापक्षले राउतको अभिव्यक्तिलाई बचाउ र विपक्षीले विरोध गर्दै बिताए।

‘प्रदेश सरकारका मुख्यमन्त्रीले नेपाली राजनीतिको आन्तरिक कुरो कुठाउँमा उठाएर ठूलो गल्ती गरेका छन्,’ बैठकमा आफ्नो भनाइ राख्दै एमाले सांसद सुन्दरबहादुर विश्वकर्माले भने, ‘अधिकारको लागि संघर्ष गर्ने अधिकार सबैलाई भए पनि कानुनले बाँधिएको जिम्मेवार पदमा बसेर असंवैधानिक ढंगले संघर्ष गर्नु उचित होइन।


। कुन अभिव्यक्ति कहाँ राख्ने भन्ने हेक्का नभएकै कारण मुख्यमन्त्री विवादमा परेको विश्वकर्माले टिप्पणी गरे।

एमालेका अर्का सांसद रवीन्द्र बैठाले संविधानमा आवश्यक विधि पुर्याए संशोधन गर्ने स्पष्ट व्यवस्था भएपनि छिमेकी राष्ट्रका प्रधानमन्त्रीको अगाडि प्रदेश सरकारले आन्तरिक समस्या जाहेर गर्नु गलत भएको आरोप लगाए।

गाजल आँखामा लगाउँदा सुन्दर देखिन्छ, नाकमा लाग्यो भने बाँदर जस्तो देखिन्छ,’ मोदीको स्वागत समारोहबारे बैठाको टिप्पणी थियो। अधिकारको लागि संघर्ष गर्ने अधिकार सबैलाई भए पनि कानुनले बाँधिएको जिम्मेवार पदमा बसेर असंवैधानिक ढंगले संघर्ष गर्नु उचित होइन।

एमालेकै सांसद मंजुकुमारी यादवले सामान्य ‘मिस्टेक’ सच्याउन सक्ने ठाउँ रहे पनि ‘ब्लण्डर’ सच्याउने गुञ्जायस नरहेको उल्लेख गर्दै मोदीको भ्रमण क्रममा प्रदेश सरकारले स्वागत तयारीक्रममा ‘ब्लण्डर’ गरेको दाबी गरिन्। उनले मञ्चमा प्रयोग गरिएको भाषादेखि अभिनन्दन समारोहमा नेपालको राष्ट्रधुनलाई ठाउँ नदिइएकोसम्म चर्चा गरिन्।

जवाफमा राजपाका सांसाद परमेश्वर साहले २००७ सालको त्रिपक्षीय सम्झौता र पछिल्लो राजनीतिक घटनाक्रममा दिल्ली पुगेरै शान्ति सम्झौता गर्दा राष्ट्रवाद कमजोर भएको नदेख्ने नेताले आफ्नै प्रदेशमा बसेर देश र प्रदेशको समस्या राख्दा गलत देख्नु विभेदकारी सोच भएको आरोप लगाए।

२०४६ सालमा त तत्कालीन कांग्रेस नेता गणेशमानकै घरमा बसेर भारतीय नेता चन्द्रशेखरले आन्दोलन गर्दा फुरुङ हुनेहरूले नै अहिले राष्ट्रवादको कुरा गर्नु लज्जास्पद हो,’ साहले भने।

संघीय समाजवादी फोरमका सांसद रामअशिष यादवले भारतीय प्रधानमन्त्री समक्ष प्रदेश २ का मुख्यमन्त्रीले आफ्नो समस्या व्यक्त गर्न कञ्जुस्याइँ गरेको बताए। ‘प्रदेश र देशबीचको राजनीतिक समस्या जटिल छ।

संघीय सरकारको विभेदकारी नीतिबारे मुख्यमन्त्रीले खुलेर बोल्नै सक्नुभएन’ यादवले भने। नागरिक दैनिकमा समाचार प्रकाशित छ ।