काठमाडौंः कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले पार्टीको सचेतकमा सांसद कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री शाहीले आज माधब नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए ।

आइतबार नेकपाकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका थिए ।



प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १४:४४