काठमाडौंः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

आज दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

प्रमुख सचेतक शाहका अनुसार शाही नेतृत्वको सत्ताले केही पनि काम गर्न नसकेको भन्दै उनीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो । उनी आफैंले समेत शाहीबिरुद्ध हस्ताक्षर गरेका छन् ।


कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन् ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १६:१८