सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

आज बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो ।

प्रमुख सचेतक सीता नेपालीको अध्यक्षतामा बसेको बैठकमा १८ जना सांसद उपस्थित थिए । सबै सांसदले प्रस्तावको विपक्षमा मत जाहेर गरेका छन् । कर्णाली प्रदेशमा नकेपाका ३३ सांसदमध्ये आजको बैठकमा १८ जना उपस्थित थिए ।

यसअघि २५ असोजमा नेकपाकै नेता यामलाल कँडेलसहित १८ जना प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।


। तर पछि नौ जनाले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ७ शुक्रबार, १५:२९