काठमाडौंः सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै बैरागीलाई नयाँ मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए ।

यसैगरी, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । यस्तै, मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको छ ।


पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो ।


प्रकाशित मितिः बिहीबार, असोज १५, २०७७, १४:३९