काठमाडौंः नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बैरागीले आज साँझ ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन् ।

पछिल्ला केही दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई सतर्कता अपनाउनसमेत उनले आग्रह गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, २०:५२