काठमाडौंः काठमाडौं महानगरपालिका–१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७.१७ ग्राम बराबरको मुगा जस्तो देखिने माला ७ पिस सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका–९ गोंगबु बस्ने पर्वत मोदी गाउँपालिका–१ घर भएका ४० वर्षीय धनिराम पुन, टोखा नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–९ घर भएका ३२ वर्षीय दिपेन्द्र थापा र टोखा नगरपालिक–११ बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–१९ घर भएका २९ वर्षीय राम बहादुर सिंह रहेका छन् ।

उक्त स्थानमा बिहीबार साँझ बहुमुल्य मुगाको कारोबार हुन लागिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा उनीहरुलाई फेला पारी तलासी गर्दा उक्त परिमाणको माला फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १५:०७