चितवनः सोमबार साँझ परेको पानीले नारायणगढ—मुग्लिङ सडकखण्डमा पहिरो खसेर सवारी आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार नारायणगढ—मुग्लिङ सडकखण्डको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

साँझ परेको पानिले राति ११ः२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।