काठमाडौंः मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु भएको छ ।

आज बिहान ६ बजेदेखि चार किलोमा गएको पहिरो हटाइएपछि अहिले दुबै तर्फका सवारी साधनहरु चलेको प्रहरीले जनाएको छ ।

हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ । तर आज बिहानै फेरि पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । हिजो बिहान ५ बजेतिर खसेको पहिरो ११ घण्टा पछि बल्ल खुलेको थियो ।

भर्खरै निमार्ण सम्पन्न गरिएको उक्त सडक खण्डमा बारम्बार पहिरो जाने क्रम नरोकिएको हुनाले यस सडक प्रयोग गर्दै गन्तब्य पुग्ने यात्रुहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह समेत गरिएको छ ।