काठमाडौंः काठमाडौं महानगरपालिका-१९ मरुगणेश डेरा गरी बस्ने तेस्रो लिङ्गी कुमारी भन्ने धनकुमारी बज्राचार्यलाई पुराना ढुंगा तथा ढलौटका ८२ थान मुर्ति सहित प्रहरीले पक्राउ गरेको छ ।

बज्राचार्यको कोठामा बिभिन्न किसिमका मुर्तिहरु रहेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले बुधबार उनको कोठा तलासी गर्दा बिभिन्न मन्दिरहरुबाट चोरी गरेर ल्याई राखेको उक्त मुर्तिहरु बरामद भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।