काठमाडौंः नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ । कक्षपतीलाई २०१९ को बर्ष खेलाडी सम्मानबाट पुरस्कृत गरिएको हो ।

सम्मानित कक्षपतीलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईरालाले नगद ५० हजार सहित सम्मान पत्रले सम्मानित गरे ।

कक्षपतीले २०१९ मार्च ७ देखि १८ तारिख सम्म मित्र राष्ट्र थाईल्याण्डमा सम्पन्न १६ औं बिश्व मुवाँथाई च्याम्पियनसिप–२०१९ मा नेपालको प्रतिनिधित्व गर्दै ३० केजी तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी थिईन् । संघले कक्षपतीलाई २०१९ को बर्ष खेलाडी घोषित गर्दै सम्मान गर्ने निर्णय गरेको थियो ।


। तर कोभिड–१९ का कारण सम्पूर्ण खेल गतिविधीहरु बन्द भएका कारण अहिले आएर उक्त सम्मान गरिएको हो ।

यस्तै, संघले २०१९ मा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १२ उत्कृष्ट खेलाडीहरुलाई खेल पोशाक (ट्रायकसुट) प्रदान गरेको छ । खेलाडीहरुलाई उक्त पोशाक राखेप उपाध्यक्षले वितरण गरेका हुन्ण् ।

सम्मानित हुने खेलाडीहरुमा गुणराज रुचाल, राहुल ठोकर, रसिव जारी, विजय लामा, दील ठोकर, अभिषेक राई, संदीप तामाङ्ग, सन्तोष खत्री, शर्मिला मोक्तान, संजय राई, गुनसाँग तामाङ्ग रहेका छन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष कोइरालाले खेलाडीहरुलाई सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गर्दै यस्ताका कार्यक्रमले खेलाडीको हौसला अभिबृद्धि गर्न मद्दत पुग्ने बिश्वास ब्यक्त गरे ।

यस्तै उपाध्यक्ष कोइरालाले राखेपमा दर्ता रहेर पनि क्रियासिल नरहने संघहरुको अस्तित्व नरहने र भद्रगोल रुपमा चलेको नेपाली खेलकुदलाई ब्यवस्थित रुपमा अगाडी बढाउने प्रयास सुरु भईसकेको बताए ।

उनले अब राखेपमा संघ दर्ता गर्ने मात्र नभई राखेपले दायित्व पनि लिनु पर्ने र राष्ट्रिय संघले पनि परिषदको बारेमा जानकारीका साथै परिषद्लाई सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा मिस नेपाल ईन्टरनेशनल २०१९ मिरा कक्षपती ४ पटकसम्म गिनिज बुक अफ रेकर्डमा नाम लेखाउन सफल खेलाडी दिनेश पार्कर, समाजसेवी प्रकाश श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।


प्रकाशित मितिः २०७७ साल पुस १५ गते बुधबार, २०:३२