काठमाडौंः पछिल्लो समयमा भएको मूल्यवृद्धिविरुद्ध नेपाल विद्यार्थी संघले सडकमा सामूहिक भोजन कार्यक्रम गरेको छ ।

सडक भोजन कार्यक्रम नेपाल विद्यार्थी संघ त्रिवि समितिले आयोजना गरेको थियो ।

सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिका उपभोगका सामानहरुमा गरेको मूल्य वृद्धिले गर्दा काठमाडौँ बाहिरबाट आएर आएर भाडामा वस्ने विद्यार्थीहरुको दैनिक जिवनमापनमा समस्या परेपछि कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल, तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाँदै सरकारको मूल्य वृद्धि विरुद्ध आन्दोलन गरेको नेबिसंघ महामन्त्री कुन्दन राज काफ्लेले बताए।


कार्यक्रममा बोल्दै नेविसंघका विद्यार्थी नेताहरुले सरकारले मूल्यबृद्धि फिर्ता नगरेसम्म आन्दोलन गरिरहने बताएको कीर्तिपुरबाट बिद्यार्थी नेता सन्तोष केसीले जनाए ।