काठमाडौंः नेपाल विद्यार्थीसंघले मूल्य वृद्धि विरुद्ध सिट्ठी जुलुस निकालेको छ ।

विश्वभाषा क्याम्पस रहेको प्रदर्शनीमार्गबाट सुरु भएको सिट्ठी जुलुस राष्ट्रिय सभागृह अगाडी पुगेर कोणसभामा परिणत भएको छ ।

नेपाल आयल निगमले बारम्बार गरेको पेट्रोलिय पदार्थमा भएको मुल्य वृद्धि र पछिल्लो समय प्रशासनले नेपाल विद्यार्थी संघका कार्यक्रर्तामाथी गरेको धरपकट तथा निर्घात कुटपिटको विरोधलाई लिएर नेपाल विद्यार्थीसंघले विरोध गरेको हो ।

उनीहरूले मूल्य बृद्धि फिर्ता गर्नु पर्नेपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

प्रदर्शन पछि काठमाडौंको राष्ट्रिय सभा गृह अगाडी भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओलिलार्इ व्यंग्य गर्दै प्रश्न गरे ‘महङ्गीको गोलि किन हान्छौ ओलि ?’ सरकार अधिनायकवाद बन्न खोजिरहेको भन्दै मूल्य वृद्धि फिर्ता नहुन्जेल नेविसंघ आन्दोलनमा रहिरहने समेत उनले बताएका छ्न।


कोणसभालाई नेविसंघ अध्यक्ष महरका साथै महामन्त्री कुन्दनराज काफ्ले लगएतका विद्यार्थी नेताले सम्बोधन गरेको थिए।

फोटो फिचर

भिडियो –