काठमाडौंः विदेशमा रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको आर्थिक सहायता (क्षतिपूर्ति) लिन महँगो खर्च गरेर काठमाडौं आउनुपर्ने झन्झट अन्त्य भएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ  ।

समाचारमा लेखिएको छ, सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु भएका श्रमिकका हकवालाले कानुनबमोजिम पाउने क्षतिपूर्ति लिन काठमाडौं आउनु पर्ने बाध्यतालाई अन्त्य गरी स्थानीय तहबाट नै वितरण गर्ने भएको छ ।

अब मृतकको नाममा सरकारले दिँदै आएको ७ लाख रुपैयाँको सहायता प्रत्येक स्थानीय तहबाट नै हकवालाले सोझै बैंक मार्फत पाउने छन् ।

 


प्रकाशित मितिः बिहीबार, असोज १६, ०६:५१