काठमाडौंः कञ्चनपुरका एक वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

बेलडाँडी गाउँपालिका–५ का ५७ वर्षीय वडाध्यक्ष कृष्ण बहादुर रोकाया आज मृत अवस्थामा फेला परेका हुन् ।

आज बिहान ७ बजेतिर घरबाट निस्किएका उनी बिहान १० बजेतिर घरदेखि एक किलोमिटर टाढा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १४:२५