काठमाडौंः नेपाली सेनाका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा ‘म नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायांकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन राईको कन्सेप्ट रहेको छ ।
पूर्वेली जुनतारा म्युजिकको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा राष्ट्रियता सँग सम्बन्धित विभिन्न दृष्यहरु समावेश गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०९:४६