काठमाडौंः नेसनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले अवैध शुल्क असुलेको विरोधमा बोल्ने विद्यार्थीलाई नौ घण्टा बन्धन बनाएको खुल्न आएको समाचार आजको नागरिकले दोस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, अन्सारीले आफूहरुमाथि यातना दिएको नेसनल मेडिकल कलेजका विद्यार्थीको आरोप छ ।

पीडित विद्यार्थीले कलेज प्रशासनले आफूहरुमाथि गरेको दुर्व्यवहारको विषयमा किटानी जाहेरी दिँदा पनि प्रहरी र जिल्ला प्रशासनले वास्ता नगरेको ती विद्यार्थीहरु बताउँछन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य अनित सिन्हाका अनुसार अन्सारीले कलेजको ज्यादतीको विरुद्धमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेज परिसरमा रहेको बाटो आफूहरुले निजी भएको र त्यो बाटोमा आन्दोलन गरे लखेट्ने धम्की दिएका थिए ।



प्रकाशित मितिः आइतबार, कार्तिक १७, ०७:३४