काठमाडौं: चिकित्साशास्त्रतर्फ स्नातक तहका लागि एकीकृत प्रवेश परीक्षा पद्धति लागू हुने भएको छ । चिकित्साशास्त्र अध्ययन हुने विभिन्न शैक्षिक निकायमा फरकफरक मापदण्ड र क्यालेन्डरका आधारमा प्रवेश परीक्षा सञ्चालन हुँदै आएकाले मेडिकल शिक्षा व्यवस्थापनमै चुनौती थपिएको औंल्याउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

अहिले काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै प्रवेश परीक्षा लिदै आयरहेका छन् ।


अगामी शैक्षिक सत्रदेखि नै कार्यान्वयन हुने गरी मन्त्रालयले एकीकृत प्रवेश परीक्षाको व्यवस्था गर्ने तयारी गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका निजी सचिव पुष्प ढकालले जनाए। उनका अनुसार मन्त्री पोखरलेले चारवटै शैक्षिक निकायका उपुकलपति र डिनसँग छलफल गरी एकीकृत प्रवेश परीक्षा व्यवस्था लागू गर्ने टुंगोमा पुगेका हुन्। नागरिक दैनिकमा समाचार छ ।