पोखराः लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले फिर्के खोलामा फुट ट्रयाक निमार्णका लागि डोजर चलाएर कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ५ घाइते भएका छन् ।

अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा पत्रकार सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका हुन् । उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु फिर्के खोलामा रहेको रेलिङमा आड लागेर बसेका थिए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे उनीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले अब काम सुरु भयो भन्दै डोजरको लिभर दबाउँन पुग्दा डोजरलको वकेटले रेलिङ भत्काए पछि उक्त दुर्घटना हुन पुगेको हो ।


डोजर यान्त्रिक उपकरण हो जसलाई दक्ष र चालक अनुमती पत्र प्राप्त ब्यक्ति चाहिन्छ यसरी उद्घाटन र सस्तो लोकप्रियताको लागि आफुसँग नभएको सिप देखाएर यान्त्रिक उपकरणहरु चलाउनु नितान्त गलतकार्य हुन्छ ।

प्रविधि बिशेष कार्यक्रमहरुको उद्घाटन गर्दा आफ्नो अनुकुलतामा नरहेका बस्तुहरु प्रयोग गर्नुपरेमा जानकारी लिनु र त्यसबाट पर्ने प्रभावको मूल्याङ्कक गर्नु आवश्यक छ । यस्ता प्रविधिमैत्री साधनको सानो गल्तिका कारण ठूलो दुर्घटना सम्म हुन सक्दछ ।