पोखराः लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले फिर्के खोलामा फुट ट्रयाक निमार्णका लागि डोजर चलाएर कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ५ घाइते भएका छन् ।

मेयर जिसीले डोजरले माटो खनेर उद्घाटन गर्दै गर्दा रेलिङसहित पर्खाल भत्किदा उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सहभागी भएका सर्वसाधारण फिर्के खोलमा खसेका हुन् ।

उक्त उद्घाटन कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी  रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ, गण्डक न्युजका रञ्जन अधिकारी, गौरी पौडेल लगायत ५ जना फिर्के खोलामा खसेका हुन् ।

खोलामा खसेका २ पत्रकार र एक सर्वसाधारण सामान्य उपचारपछि फर्केका छन् भने अर्का पत्रकार र एक जना स्थानियको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ ।


पोखरा लेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना अनुरुप डोजर लगाइएको थियो ।

जीसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा तत्कालिन नेकपा एमाले हालको नेकपाबाट निर्वाचित भएका हुन्।