काठमाडौं: काठमाडौंको कीर्तिपुर नगरपालिकाले मेयर र उपमेयरलाई भेट्दा उत्ताउलो ड्रेस (हाफ पाइन्ट) लगाएर भेट्न नपाई भएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै भेटघाट गर्न शिष्ट र मर्यादित पोसाकमा आउन अनुरोध गर्दै हाफ पाइन्ट तथा भड्किला लुगा लगाउन रोक लगाएको हो ।

साथै उक्त नगरपालिकाले मेयर र उपमेयरलाई २ बजेपछि मात्रै भेट्न पाउने बताएको छ।

यसै विषयलाई लिएर नेपालताराले उपप्रमुख एवं  प्रवक्ता सरस्वती खड्कासँग किन यस्तो निर्णय गर्न नगरपालिका वाध्य भयो भन्ने प्रश्न गर्दा उनले चिनजानका मान्छेहरू मनपरी समयमा आउने र अमर्यादित ढंगले हाफ पाइन्ट लगाएर आउन थालेपछि यस्तो सूचना निकाल्न परेको बताइन् ।


उनले भनिन्, ‘सेवाग्राहीभन्दा पनि बढी चिनजानका मान्छेहरू कार्यालयभित्र हाफ पाइन्ट लगाएर आउन थाले, त्यसलाई निरुत्साहित गर्नका लागि सूचना निकालेका हौं।’

जारी सूचना-

यसरी सूचना निकालेपछि आलोचना भइरहेको छ नि ? भन्ने प्रश्नमा आवश्यक कामकाजका लागि आएका जो कोहीलाई पनि भेट्न रोकतोक भने नभएको तर यहाँ आएर हाम्रो कामलाई समेत प्रभाव पार्ने गरि घण्टौसम्म गफ गरेर बस्नेहरुलाई चेतना प्रदान गर्न यस्तो गरिएको र आफुहरु जनप्रतिनिधि भएकोले सबै जनतालाई समान देख्ने र जनताकै काममा दिनरात नभनी खटिरहेको बताइन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिको सामन्ती सोच भन्नै अफवाह पनि फैलाइएको त्यो अत्यान्तै गतल छ हामी जनताबाट नै निर्वाचित भएका आएका हौं उहाँहरुको समस्याहरु लत्याएर बस्न मिल्दैन । किसान, गरिवदेखि धनी व्यक्ती सबै हाम्रालागि समान हुनुहुन्छ हामीले कोट पाइन्ट लगाएर नगरपालिका आउनुस् भनेको होइन । एउटा शिष्टचार र अनुशासन सिकाउनु हाम्रो पनि कर्तव्य हो, कसैको मौलिक हक खोज्न खोजिएको छैन ।’

केही संचारमाध्यमले यहि विषयलाई लिएर यर्थाथता नबुझि समाचार संप्रेषण गरेको र यसले जनतालाई राम्रो संदेश नदिने भन्दै खड्काले सत्यतथ्य बुझेर मात्र समाचार संप्रेषण गर्नसमेत आग्रह गरिन् ।

भिडियो-

 

 

  • सुदर्शन आचार्य

प्रकाशित मितिः बुधबार, भदौ ११, १८:३९