काठमाडौंः परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर ‘११४३’ सुचारु गरेको छ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा हुनुहुन्छ ।

सुनौलो परिवार नेपाल/मेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरु प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ । हाम्रो ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरुलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्दछ ।


सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरुको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरु प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ ।

११४३ मा तपाईले हाम्रो मेरी साथी काउन्सेलरहरुसँग कुरा गर्न सक्नेछन् र उनीहरुले हामीलाई प्रजनन् सम्बन्धि रोजाईका बारेमा मार्गनिर्देशन दिनेछन् । हाम्रो “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरु प्रदान गर्दै आएको छ । यी सेवाहरु हरेक दिन बिहान ७ बजे देखि राति १२ बजे सम्म खुला रहनेछ ।


प्रकाशित मितिः २०७७ साल माघ १ गते बिहीबार, १६:२१