काठमाडौंः गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च” को म्यूजिक भिडियो डिजिटल सार्वजनिक भएको छ ।

यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् ।

दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ ।

गीतले माया–पिरतीका कुरालाई उजागर गरेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, २०:२१