काठमाडौंः नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक निशान भट्टराईको आवाजमा रहेको मौलिक गीत ‘गुन्द्रुक साधेको’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

खुम गुरुङको शब्द तथा डि आर अटुको संगीत रहेको गीतमा सन्ध्या बुढा (काउली बुढी), रियासा दाहाल, विनोद परियार र रोवर्ट शिहको अभिनय रहेको छ ।

गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र हुमागाईँको छायांकन, अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

मौलिक रुपमा तयार पारिएको गीतमा प्रेमी प्रेमीकाबीचको मायालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०९:४१