काठमाडौंः गायिका मेलिना राई र गायक मनिष श्रेष्ठको आवाज रहेको ‘फिक्का लाग्छ…’ गीतको भिडियो सार्वजनिक भएको छ ।

पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतमा शब्द, संगीत मनिष श्रेष्ठको रहेको छ ।

एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको संयुक्त निर्माणमा जीवन गुरुङ र चर्चित मोडल छिरिङ शेर्पाको फिचर्ड छ । महादेव त्रिपाठीको बिशेष सहयोग निर्माण भएको यस गीतमा राजेन्द्र गिरि (गुन्द्रुके) तथा समन राज र महादेव त्रिपाठीको पनि प्रमुख अभिनय रहेको छ ।

भिडियोलाई चक्र बराल (बाशु) ले छायांकन र शिलन लम्सालले सम्पादन गरेका छन।


। गीतलाई परिकल्पना तथा स्क्रिप्ट कन्सेप्ट भने बिशेष पन्तले गरेका छन् ।

गीतलाई मनिष श्रेष्ठले कोरियोग्राफी गरेका छन् । भिडियोको प्रोडक्सन डिजाईनर भने राजेन्द्र गिरि (गुन्द्रुके) र समान राजले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई भक्त गुरुङ, कृष्ण गुरुङ र बिक्रम गुरुङ्गले लगानी गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः मंगलबार, चैत ४, ११:५०