काठमाडौंः गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ‘माई बेनी मेलैमा’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

पुर्वेली लोक भाकामा आधारित गीतबाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, विकाश धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा उमेश राई, फुलन्देकी आमा, सन्ध्या बुढा, निरान्जली लामा र विशाल सिनेहाङको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २५ मंगलबार, १५:१७