काठमाडौंः शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले खेलको ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा अर्जेन्टिना समूह डीको पहिलो खेलमा जितबाट वञ्चित भएको छ।

पहिलो पटक विश्वकप खेल्दै गरेको आइसल्यान्डले अर्जेन्टिनालाई ११ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।

अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।