काठमाडौंः बहराईनसँग भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा नेपालले घरेलु टिम बहराईन यू–१९ टिमलाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

नेपालका लागि कप्तान सरु लिम्बु, रेखा पौडेल र दिल कुमारी रानाले एक एक गोल गरे ।

यस अघि भएको पहिलो मैत्रीपूर्णमा नेपालले बहराईनलाई ४–२ ले पराजित गरेको थियो ।

अब नेपाली टिमले अन्तिम मैत्रीपूर्णमा बिहिबार बहराईनको राष्ट्रिय महिला टिमसँग खेल्नेछ ।


प्रकाशित मितिः बुधबार, पुस २, १४:४४