कास्कीः पोखरा महानगरपालिका–१७ बिरौटा सिशुनिकेतन मार्गस्थित स्टोर अगाडि पार्किङ गरी राखेको २ थान मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने १९ वर्षीय दिवश रानाभाटलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा बस्ने स्याङ्जा घर भएका ३० वर्षीय सन्तोष अर्यालको स्टोर अगाडि पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बर र ग ७ प ९७८८ नम्बरको मोटरसाइकलमा असोज २६ गते राति आगजनी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी माथि अपराधिक उपद्रव कसूर अन्तर्गत थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १८:५६