रोल्पाः मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको अभियोगमा रोल्पा गंगादेव गाउँपालिका–४ डलसिङगे बस्ने ३४ वर्षीय कृष्ण वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सल्यान बागचौर नगरपालिका–१२ दर्गामा गत कात्तिक २० गते रा ३ प ३२७२ नम्बरको मोटरसाइकलमा तोडफोड एवं आगजनी गरी फरार रहेका कृष्णलाई रुकुम पूर्व उत्तरगंगा गाउँपालिका–१० तक्सेराबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १७:०५