काठमाडौंः असार १ गतेदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल, स्कुटर र मोपेडसहितमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

भोलि असार १ गतेदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर विजोर प्रणाली लागु गर्ने टुंगो भएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि सवारीसाधानमा जोर विजोर लागू गर्नेबार मन्त्रालय र ट्राफिक प्रहरीबीच विवाद थियो ।

यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्ने अन्योलता सिर्जना भएको भन्दै मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिए ।


। उनले मातहतका निकायलाई पनि यसबारेमा निर्देशन दिइसकेको बताए ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २२:०७