सुनसरीः मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई इनरुवा नगरपालिका–२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गढी गाँउपालिका–१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् ।

उनीहरूले इनरुवा नगरपालिका–१ शान्ति चोकमा पार्किङ गरी राखेको रामधुनी नगरपालिका–७ बस्ने कुल बहादुर बस्नेतको नाममा दर्ता भएको को १४ प ९० नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा इनरुवा नगरपालिका–२ नजिक सार्वजिक बाटोमा गाईलाई ठक्कर दिई दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, १८:२३