काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई बिहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ घर भएका २५ बर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार रहेका छन् ।
उनीहरुलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
काठमाडौं कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको २०७४ असोज ९ गते निवेदन महाशाखामा दिएका थिए ।
। उक्त निवेदनका आधारमा मोटरसाइकल र उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १० गते शुक्रबार, १२:२३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook