काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २६ वर्षीय छेसाङ्ग लामा र २३ वर्षीय शिल बहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई चोरी गरेको बा ९९ प ७७३१ नम्वरको सेतो रंगको केटि एम डुक मोटरसाइकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

त्रिपुरेश्‍वर स्थित अटो क्लिनिक मोटरसाइकल वर्कशपमा बनाई रहेको उक्त मोटरसाइकललाई शंकास्पद लागि अनुसन्धान गर्दा चोरी भएको
खुल्न आएको हो ।


। उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–००६ प २४९५ रहेको खुल्न आएको छ ।

काठमाडौं अत्तरखेलबाट हराएको भनि खोटाङको ऐसेलुखर्क–६ बस्ने सोम कुमार राईले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए ।

दुवै जनालाई मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, २१:०४