कैलालीः भजनी नगरपालिका–९ अम्बारीमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय कमल बन्तोला रहेको प्रहरीले जनाएको छ ।

कमलले चलाएको से ७ प ८५२७ नम्बरको मोटरसाइकल पहलमानपुर–लालबोझीया सडकखण्डको अम्बारीमा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०९:४१