बर्दियाः बर्दियाको बाँसगढी नगरपालिका-६ मा ३ जना सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

२ जना भने गम्भीर घाइते भएका छन् । आज बिहान साँढे ५ बजे बाँसगढीबाट मैनापोखरतर्फ जाँदै गरेको भे ८ प ८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा मोटरसाइकल चालक बर्दिया बढैयातालका १९ वर्षिय अशोक विक को मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको वर्दिया प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाँउका २० वर्षिय ललित शाही र १९ वर्षिय आशीष ओलीको सोही अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ